उपत्यका लगायतका स्थानमा विहानैबाट वर्षा

असार १० ,काठमाडौँ – आज बिहानैबाट मनसुन देशभर सक्रिय भएको छ । उपत्यका लगायतका स्थानमा विहान केहि समय वर्षा समेत भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले धेरै ठाउँमा पानी परिरहेको छ भने केही ठाउँको मौसम धुम्मिएको छ । यो बदली भोली बेलुकसम्म कायम रहनेछ ।

महाशाखका अनुसार आज सुदुर पश्चिम हुँदै मध्य पश्चिममा भिषण वर्षा हुने भएको छ । मौसम सक्रिय भएसँगै देशका विभिन्न भागमा बाढी र पहिरो जान सक्ने खतरत बढेको छ । वैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पनका कारण जमिन हल्लिएर कमजोर भएकोले वर्षाबाट बाढी र पहिरो जाने धेरै सम्भावना भएकाले सतर्क रहन सबैलाई आग्रह गरिएको छ ।
अरब सागरमा केहि दिन देखि विकास भएको न्युन चापिए क्षेत्रसँगै केन्द्र कृत बनेको पानिपर्ने बादल उत्तर पुर्वि भाग हुँदै भारतको गुजरात सहित अन्य विभिन्न स्थान प्रबेश गरे पछि त्यसको असर नेपालमा पनि परेको हो । भिषण वर्षाको संकेत देखिए पछि सतर्कता अपनाउँन महाशाखाले गृहमन्त्रालय सम्बद्ध निकायलाई ध्यानाकषर्ण गराएको छ ।