दाताहरुको सम्मेलन प्रधानमन्त्री कोईरालाद्वारा उद्घाटन

असार १० ,काठमाडौँ – भूकम्पछिको पुनःर्निमाणका लागि दाताहरुलाई सहयोग आह्वान गर्ने उद्देश्यले आज काठमाडौंमा सुरु भएको दाता सम्मेलनको प्रधानमन्त्रि कोईरालाले उद्घाटन गर्नु भएको छ । प्रधानमन्त्रि कोईरालाले उद्घाटन गुर्न भइको सम्मलेन सोल्टी होटलमा जारी रहेको छ । सम्मेलनको सुरुमा भुकम्पले क्षति ग्रस्त भएका क्षेत्रको दृश्य समेटिएको वृत्तचित्र प्रदशन गरिएको छ । सम्मेलनमा परराष्ट्रमन्त्रि महेन्द्र ब. पाण्डेले अतिथिहरुलाई स्वागत गर्नु भएको छ । सम्मेलनको उद्घाटन सत्रपछि ‘विजनेस’ र ‘टेक्निकल सेसन’ हुने छन् । विजनेस सेसनमा हुने ‘प्लेनरी सेसन’मा दाताबाट सहयोगको घोषणा हुनेछ ।

सम्मेलनमा सहभागी हुन ५६ मुलुक तथा निकायबाट करिब २ सय ८० प्रतिनिहिरुे सहभागिता जनाउँदै छन् । भूकम्पीय विपदबाट नेपालमा निम्तिएको भयावह अवस्था नियालिरहेका मुलुक, दातृनिकाय तथा संघ–संस्था सम्मिलित सम्मेलनबाट पुनर्निर्माणमा सहयोग जुट्ने अपेक्षा गरिएको छ । सम्मेलनपछि देशले विकास–निर्माणको गति लिनेमा सरकार विश्वस्त छ ।
भुकम्पबाट करिब ७ खर्ब ६ अर्ब रुपैयाँ बराबरको संरचनामा क्षति पुगेकाले यसको पुनर्निर्माण गर्न करिब ६ खर्ब ६९ अर्ब रुपैयाँ लाग्ने प्रक्षेपण गरिएको छ । अर्थमन्त्री रामशरण महतका अनुसार यस सत्रमा ग्रामीण क्षेत्रको पुनर्निर्माण तथा एकीकृत बस्ती विकासमा विपदमा परेका मुलुकको अभ्यास, अनुभवमा छलफल हुनेछ । पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रका छुट्टाछुट्टै प्याकेजमा सहयोग दिन आग्रह गर्ने सरकारको योजना छ । सम्मेलनमा दक्षिण एसिया, एसिया तथा युरोपेली राष्ट्रबाट विदेश तथा अर्थमन्त्री सहभागी छन् ।
सम्मेलनमा सहभागी हुन छिमेकीमुलुक भारत र चीनसहित ५६ देशका दाताहरु समक्ष विपद पछिको आवश्यकता मुल्याङकन प्रतिवेदन प्रस्तुत गर्ने जनाएको छ । सम्मेलनमा भारत, चीन र नर्वेबाट विदेशमन्त्रीहरु सहभागी हुँदै छन् । भारत, चीनसहित सम्मेलनमा ७ देशबाट मन्त्रिस्तरीय सहभागिता हँुदैछ । भुटानबाट अर्थमन्त्री र जापानबाट विदेश राज्यमन्त्री सम्मेलनमा सहभागी हुँदै छन् ।
सम्मेलनमा सहभागिताका लागि नेपाल सरकारले ७० ओटा दातृ मुलुक एवं निकायलाई निमन्त्रणा गरेको थियो ।