भारतको झारखण्डमा नक्सलवादीहरुले रेलमा बिस्फोट

असार ९ ,काठमाडौँ – भारतको झारखण्डमा नक्सलवादीहरुले रेलमा बिस्फोट गराएका छन् । झारखण्डस्थित लातेहार जिल्लामा रहेको रेल वे स्टेशनमा बिस्फोट गराई रेलका डिब्बा उडाउँदा भएको मानवीय क्षतिको बिवरण प्राप्त भएको छैन भने रेल वे सेवा प्रभावित बनेको छ ।

भारतीय सुरक्षाकर्मी र भारतीय माओवादीबीच पलामु जिल्लामा भएको दोहोरो भिडन्तपछि थुपै्र माओवादी कार्यकर्ता पक्राउ परेको बदला स्वरुप रेल वे स्टेशनमा बिस्फोट गराएको हुनसक्ने आशंका भारतीय अधिकारीहरुको छ । पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाईको माग गर्दै हिजो नक्सलवादीहरुले झारखण्ड बन्द आह्वान गरेका थिए । बन्दका कारण ब्यापारिक संघसंस्थालगाएत यातायात ब्यवस्थासमेत प्रभावित बनेको थियो