कन्चटमा गोली हानी आत्महत्या

असार ९ , रौतहट – रौतहटमा एक प्रहरी जवानले आफैंले बोकेको राइफलले कन्चटमा गोली हानी आत्महत्या गरेका छन् । रौतहटको रामपुरखाप प्रहरी चौकीमा कार्यरत २६ वर्षका प्रहरी जवान लालबाबु चौहानले कन्चटमा गोली हानेर आत्महत्या गरेको प्रहरी उपरीक्षक सानुबाबु थपलियाले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय कठहरीयामा दरबन्दी रहेका प्रहरी जवान चौहान काजमा रामपुरखापमा खटिएका थिए । चौहानले आज बिहान ड्युटीमै रहेका बेला आफैले बोकेको राइफलले कन्चटमा गोली हानेर आत्महत्या गरेको प्रहरी उपरीक्षक थपलियाले जानकारी दिनुभयो ।
प्रहरी जवान चौहानले आफैलाई गोली हान्नुको कारण नखुलेको र यसबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।