सञ्जयकुमार साहको मुद्दामा आज सुनुवाइ ।।

असार ९ , काठमाडौँ – जनकपुर बम काण्ड गराई पाँज जनाको हत्या गरेको अभियोगमा जेल परेका निलम्बित सभासद सञ्जयकुमार साहको मुद्दामा आज सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतले आज सनुवाईका लागि मिति तोकेको छ । न्यायाधीश चोलन्द्र समशेर राणा र जगदीश शर्मा पौडेलको इजलाशले हेर्दाहेर्दैमा राखेको यो मुद्दा प्रधान न्यायाधीश रामकुमार प्रशाद शाहको अवकास कालमा हुन लागेको ठूलो फैसलामध्येको एक मानिएको छ । मधेशमा आतंक मच्चाउँदै आएका तराइ जनतान्त्रिक पार्टीका कमाण्डर मुकेश चौधरी पक्राउ परेको दुई साता पछि उनको बयानका आधारमा गत वर्ष वैशाखमा साहलाई प्रहरीले पक्राउ गरेको थियो ।