समितीको बैठक आज पनि बस्दै

असार ९ , काठमाडौँ – संविधान मस्यौदा लेखन समितीको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा संविधानका विवादीत विषयमा भएका सहमती र सहमति हुन बाँकी विषयमा थप सहमति गरेर तयार पारेको प्रारम्भीक मस्यौदा खाका सहितको प्रतिवेदन आज कार्यदलले बुझाउँने भएको छ । कृष्ण प्रसाद सिटौला संयोजक रहेको कार्यदलले ३५ भागको ३ सय १२ धाराको खाका तयार गरेको छ । प्रमुख ४ दलले जेष्ठ २५गते तयार पारेको १६ बुँदे सहमतीका आधारमा कार्यदल मस्यौदा तयार गरेको हो । केहि बाँकी विवादीत विषयमा मस्यौदा समितीको बैठक अघि प्रमुख दलहरुसँग छलफल गरी प्रतिवेदन बुझाईने भएको छ । शिर्ष नेता विच परामर्श पछि सहमती भए पनि नभए पनि कार्यदलले मस्यौदा समितीमा प्रतिवेदन बुझाउँने समितीले जनाएको छ ।

यसैविच संविधानको एकीकृत मस्यौदा बनाउने क्रममा देखिएको विवाद समाधान गर्न प्रमुख चार दलको बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुबाटारमा बैठकमा विवादित विषयमाथि छलफल गरी अन्तिम रुप दिने जनाएको छ । मस्यौदा समितिको टोलीले केही विषयमा नेतृत्व तहमा छलफल गरेर निचोड निकाल्ने काम गर्न सकिए तीव्र रुपमा अघि बढाउन सकिन्छ भन्ने अनुरोध गरेकाले आज चार दलका एक÷एक शीर्ष नेता र मस्यौदा समितिका कार्यदलमा कार्यरत एक÷एक जना सदस्य बसेर छलफल हुने भएको हो ।