आज प्रभावित क्षेत्रको अवलोकन

असार ९ , काठमाडौँ – सरकारले आयोजना गर्ने दाता सम्मेलनका लागी सम्पुर्ण तयारी पुरा गरेको छ । तयारी पुराभएसँगै नेपालमा सम्मेलनमा सहभागिता जनाउँन आएका विदेशी पाहुनाहरुलाई आज प्रभावित क्षेत्रको अवलोकन गराइने भएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट उनीहरुलाई गोरखा, नुवाकोट, धादिङ, रसुवा, सिन्धुपाल्चोक, दोलखाको अवलोकन गराइने सरकारले जनाएको छ ।

भोलि सरकारले गर्न लागेको दाता सम्मेलनमा भाग लिन अन्तर्राष्ट्रिय सम्मेलनका अधिकांस सहभागीहरु काठमाण्डु आइपुगेका छन् । केही आज आउने छन् । एसियाली विकास बैंकका अध्यक्ष, विश्व बैंकका उपाध्यक्षले सहभागिता जनाउने निश्चित भइसकेको छ । भारतबाट विदेशमन्त्री सुश्मा स्वराज र चीनबाट विदेशमन्त्री वाङ यीले दुई दिने नेपाल भ्रमण गर्ने टुंगो लागेको छ ।
भूकम्पपछिको पुनःनिर्माण, पुनःस्थापना तथा नवनिर्माणका निम्ति बाह्य सहायता जुटाउन हुने सम्मेलनमा उनीहरुसहित सात मुलुकको मन्त्रिस्तरीय सहभागिता रहनेछ । भोलि काठमाण्डुको सोल्टी होटलमा हुने सम्मेलनमा प्रधानमन्त्री सुशील कोइरालाले वर्तमान अवस्था चित्रण गर्दै उद्घाटन गर्नेछन ।