विषाक्त रक्सी सेवनले २७ जनाको ज्यान गयो

असार ४, काठमाडौ – भारतको मुम्बईमा विषाक्त मदिरा सेवन गर्दा २७ जनाको मृत्यु भएको छ । विषाक्त मदिरा सेवन गर्ने अरु ३३ जनाको अवस्था गम्भीर छ । गर्मीका कारण शीतल हावा लिन घरबाट बाहिर निस्केका केही युवाले स्थानीय किराना पसलबाट मदिरा किनेर सेवन गरेको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।

घटनालगत्तै मदिरा बिक्री गर्ने किराना पसलका सन्चालकलाई पक्राउ गरी छानबिन थालिएको स्थानीय अधिकारीहरुले जनाएका छन् । भारतमा हरेक वर्ष विषाक्त मदिरा सेवनका कारण थुप्रैको ज्यान जाने गरेको छ । (एजेन्सी)