रामेछापमा एसएलसी पास हुने विद्यार्थीको संस्ख्यामा १४ प्रतिशतल बृद्धि

असार ५,रामेछाप -रामेछापमा यस बर्षको एसएलसी परीक्षाको नतिजामा सुधार आएको छ । गत बर्षको तुलनामा यस बर्ष परीक्षामा उत्तीर्ण हुने विद्यार्थीको संस्ख्यामा १४ प्रतिशतले बढेको छ । जिल्लामा यस बर्ष १ हजार ४ सय २० जना बिद्यार्थि उत्र्तिण भएको जिल्ला शिक्षा कार्यलय रामेछापले जनाएको छ । जिल्लाबाट यसबर्ष कुल ४ हजार २ सय ७४ जना विद्यार्थी परिक्षामा सहभागि भएका थिए । ती मध्ये १ हजार ४ सय २० जना विद्यार्थी उत्तीर्ण भएका छन् । नतिजा अनुसार सवैभन्दा बढी विशिष्ठ श्रेणी ल्याउनेमा तामाकोशी वोर्डिङ स्कुल मन्थली रहेको छ । सो विद्यालयबाट परिक्षामा सहभागि भएका २१ जना मध्ये १८ जना विशिष्ठ श्रेणीमा उत्र्तिण भएका छन् । जसमा ३ जनाले प्रथम स्थान हासिल गरेका छन् । मन्थलीमा संचालित ३ वटा निजी विद्यालयका सवै विद्यार्थी परिक्षामा उर्त््ितण भएका छन् । गतबर्ष १९ प्रतिशत विद्यार्थी उत्तिर्ण भएकोमा यस बर्ष भने ३३.२२ प्रतिशत विद्यार्थी उत्र्तिण भएका हुन् ।