एसएलसी परीक्षाको नतिजा आज सार्वजनिक गर्ने तयारी

असार ४, काठमाडौ – यस वर्षको एसएलसी परीक्षाको नतिजा आज सार्वजनिक हुँदै छ । परीक्षा नियन्त्रण कार्यालय सानो ठिमी भक्तपुरका अनुसार २०७२ साल चैत्रमा सञ्चालीत परिक्षाको नतिजा गत वर्षको तुलनमा केहि ढिला भएर आज सार्वजनीक हुने भएको हो । कुनै पनि प्राविधिक गडबढी नभए अपराहन्न सम्म नतिजा आउँने रीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले बताउँनु भयो ।

यस अघि नतिजा प्रकाशनका विषयमा छलफल गर्न बोर्ड बैठक बस्ने भएको छ । बैठक विहान साँढे १० मा बैठक बस्ने भएको हो ।
एक साता देखि परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशन सम्बन्धी काम गरेको छ । उत्तरपुस्तिका परीक्षणपछि कार्यालयले परीक्षार्थीको प्राप्तांकको रुजु गरेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ । प्राविधिक तर्फको परिक्षाको नतिजा भने एक साता पछि मात्र सार्वजनिक गर्ने जनाईएको छ ।
यस वर्षको एसएलसीमा नियमित तथा आंशिक गरेर पाँच लाख ७४ हजार ६ सय ८५ परीक्षार्थी सहभागी छन् । जसमध्ये नियमिततर्फ चार लाख २६ हजार दुई सय १४ र आंशिकतर्फ एक लाख ४५ हजार एक सय ८३ जना सहभागी हुन् ।