हिमालय टिभीमा सहमतिः यस्ता छन् सहमतिका पाँच बुँदा

असार ३, काठमाडौँ – हिमालय टेलिभिजनका पत्रकारले २०७१ चैत मसान्तसम्मको पारिश्रमिक आजै पाउने भएका छन्। यस्तै बाँकी दुई महिनाको पारिश्रमिक असार १० गतेभित्र दिन हिमालय टेलिभिजन व्यवस्थापन सहमत भएको छ।

व्यवस्थापनले पत्रकारलाई तीन महिनादेखि तलब दिएको थिएन। नेपाल पत्रकार महासंघले लगातार तीन दिनदेखि टेलिभिजनमा धर्ना दिइरहेको थियो।

पत्रकारले राखेका पाँचवटै माग पुरा गर्न व्यवस्थापन सहमत भएको हो। सहमति पत्रमा हिमालय टिभीका कार्यकारी निर्देशक च्याङ अग्रवाल, नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट र महासंघ शाखाका अध्यक्ष वाइपी घिमिरेले हस्ताक्षर गरेका छन्।

 

यस्तो छ सहमति पत्र

10847999_828270507269700_2353598014132508589_n