समिति र आयोगद्वारा ट्रमा सेन्टरको अनुगमन

असार ३, काठमाडौँ – व्यवस्थापिका–संसद्अन्तर्गतको सामाजिक न्याय तथा मानवअधिकार समिति र राष्ट्रिय मानव अधिकार आयोगले आज संयुक्तरुपमा वीर अस्पताल नजिकै रहेको ट्रमा सेन्टरमा पुगी भूकम्पका कारण घाइते भएका व्यक्तिको उपचारका बारेमा जानकारी लिएको छ ।

समितिका सभापति सुशीलकुमार श्रेष्ठसहित सभासद्हरु र आयोगका अध्यक्ष अनुपराज शर्मासहितको अनुगमन टोलीले भूकम्पबाट घाइते भएका बिरामीको स्वास्थ्य अवस्था तथा सेन्टरले पु¥याएको सेवाका बारेमा बिरामीसँग परामर्श गर्नुभएको थियो ।
समितिका सभापति श्रेष्ठले भूकम्पपीडितको उपचारको व्यवस्थापनबारे जानकारी लिन र कतिपय अस्पतालबाट सरकारले भूकम्पका घाइतेलाई दिने भनेको सेवा÷सुविधासमेत पीडितले नपाएको गुनासो आएको हुनाले अनुगमन जरुरी भएको बताउनुभयो ।
आयोगका अध्यक्ष शर्माले भूकम्पका घाइतेले शारीरिक र मानसिक तबरले पूर्णरुपमा सेवा पाए÷नपाएको बारे जानकारी लिँदा घाइतेअनुसार राम्रो सेवा सेन्टरमा पाएको जानकारी दिनुभयो ।
वीर अस्पतालका निर्देशक स्वयमप्रकाश पण्डितले वीर अस्पताल र ट्रमा सेन्टरबाट समेत सकेसम्म राम्रो सेवा पु¥याएको र हालसम्म जटिल खालका दुई हजार ४६१ को उपचार भएको र सामान्य बिरामी सडकमै राखेर उपचार गरेको हुनाले यकिन तथ्याङ्क नभएको बताउनुभयो ।
वीर अस्पताल र सेन्टरमा गरी ३०० शैयामा उपचार भइरहेको छ । अझै पनि भूकम्पका कारण घाइते भएका व्यक्तिहरुको उपचार भइरहेको छ ।
अनुगमन टोलीले आजै दरबार हाईस्कुल र गोङ्गवु बसपार्कको माथिल्लो पट्टिका धेरै गेष्टहाउस भएको क्षेत्रमा अनुगमन गर्ने र क्षति भएका र त्यहाँका चार÷पाँचवटा गेष्ट हाउसबाट अझै पनि शव निकाल्न नसकेको हुनाले मानवीय हिसाबले जसरी भएपनि त्यो क्षेत्रका शव निकाल्न समितिका सभापति श्रेष्ठले सरकारलाई आग्रह गर्नुभयो । रासस