हिमालय टेलिभिजनलाई आज बिहान ११ बजेसम्मको अल्टिमेटम

असार ३,काठमाडौँ- नेपाल पत्रकार महासंघले पत्रकारका माग पुरा गर्न हिमालय टेलिभिजनलाई आज बिहान ११ बजेसम्मको अल्टिमेटम दिएको छ।

धर्नाको दोश्रो दिन हिजो सम्वोधन गर्दै महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले आज ११ बजेसम्म पनि पत्रकारका माग पुरा नगरिए अझ कडा आन्दोलन घोषणा गर्ने चेतावनी दिनु भएको हो ।
महासंघले थालेको चरणबद्ध आन्दोलन अन्तर्गत मंगलबार हिमालय र एभिन्युज टिभीमा एकरएक घण्टा पत्रकारले धर्ना दिएका थिए। धर्ना पछि एभिन्युज टिभीले पत्रकारको बक्यौता रकम तीन दिनभित्र दिने सहमति गरेको थियो। तर हिमालयले भने पत्रकारका माग पुरा गर्ने विषयमा अझै कदम चालेको छैन।
हिमालय टिभीका पत्रकारले पाँच सूत्रीय माग राखेर महासंघ केन्द्रको नेतृत्वसहित हिजो पनि टिभीको नयाँ बानेश्वरस्थित कार्यालयमा एक घण्टा धर्ना दिएका थिए ।