महिला विश्व कप फुटबल प्रतियोगिता अन्तर्गत राती भएका खेलमा ईंग्ल्याण्ड र फ्रान्स विजयी

असार ३,काठमाडौँ- महिला विश्व कप फुटबल प्रतियोगिता अन्तर्गत गए राती भएका खेलमा ईंग्ल्याण्ड र फ्रान्स विजयी भएका छन् । समुह चरणको अन्तिम खेलमा ईंग्ल्याण्डले कोलम्बियालाई २–१ गोलले पराजित गर्यो ।

जितसँगै ईंग्ल्याण्ड ३ खेलमा २ जित र १ हार बेहोर्दै ६ अंकका साथ समुह एफको स्थानमा छ ४ अंक जोडेको कोलम्बिया तेस्रो स्थामा छ ।
यस्तै गए रातीनै भएको खेलमा फ्रान्सले मेक्सिकोलाई ५–० को पराकिलो अन्तरले पराजित गर्यो ।
जितसँगै फ्रान्स ६ अंकका साथ समुह एफको शीर्ष स्थानमा रहेको छ । एक अंक मात्र जोडेको मेक्सिको भने अंक तालिकाको पुछारमा रहेको छ ।