एसएलसी परीक्षाको नतिजा दुई दिनभित्र सार्वजनिक गर्ने तयारी

असार ३,काठमाडौँ- परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको प्रवेशिका (एसएलसी) परीक्षाको नतिजा दुई दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ।

परीक्षा नियन्त्रण कार्यालयले अहिले उत्तरपुस्तिका परीक्षणपछि संकलित परीक्षार्थीको प्राप्तांकको रुजु भई रहेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।
परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनुसार ’ढिलोमा शनिबारसम्ममा नतिजा सार्वजनिक हुने नभए भोली सार्वजनीक गरिने तयारीभएको छ ।
यस वर्षको एसएलसीमा नियमित तथा आंशिक गरेर पाँच लाख ७४ हजार ६ सय ८५ परीक्षार्थी सहभागी थिए। जसमध्ये नियमिततर्फ चार लाख २६ हजार दुई सय १४ र आंशिकतर्फ एक लाख ४५ हजार एक सय ८३ जना सहभागी थिए।
परीक्षा चैत २ गते सुरु भएको थियो। यो वर्षदेखि विद्यालय तहमा प्राविधिक धार पढेका विद्यार्थीका लागि छुट्टै परीक्षा सञ्चालन गरिएको थियो।