कार्यदलमा आजबाट छलफल सुरु

असार ३,काठमाडौँ- संविधानका बाँकी विवादीत विषय मिलाई प्रतिवेदन तयार गर्न जिम्मा पाएको ६ सदस्यीय कार्यदलमा आजबाट छलफल सुरु हुँदै छ । मस्यौदा लेखन समितीले नमिलेका विषयमा सहमती गरेर ल्याउँन ५ दिनको समय कार्यदललाई दिए पछि छलफल सुरु हुने भएको हो । मस्यौदा समितीले कृष्णप्रसाद सिटौला सभापति रहेको कार्यदललाई तिन दिन सम्म छलफल गरी असार ७ गते सम्म एकीकृत मस्यौदा तयार गर्न जिम्मा दिएको छ । संविधानसभाको मस्यौदा समितिअन्तर्गत् गठित उपसमितिहरुले विवादीत विषय नमिलाई आ–आफ्ना प्रतिवेदनहरु मस्यौदा समितिमा पेश गरेका थिए् ।

उपसमिति तहमा नै संविधान संशोधन, संसदीय व्यवस्था, संक्रमणकालनी व्यवस्था, न्यायाधीशको पुनर्नियुक्तिलगायतका विषयलाई टुंग्याउने प्रयास भए पनि सहमति विनाको प्रतिवेदन बुझाएका हुन ।
बैठकले ५ ओटै उपसमितिबाट आएका प्रतिवेदनहरुलाई एकीकृत गरेर मस्यौदा निर्माणका लागि सिटौला सभापति रहेको कार्यदललाई जिम्मेवारी दिएको हो । अब संविधानको एकीकृत मस्यौदा आइसकेपछि सहमति जुटाउने प्रयास गरिने भएको छ ।