सिके राउतलाई एम्नेस्टीको समर्थन रहेको स्वीकार

असार १, काठमाडौँ – एम्नेस्टी इन्टरनेशनलले सिके राउतलाई समर्थन रहेको स्वीकार गरेको छ । आज प्रेस बिज्ञप्ति निकालेर व्यक्तिको बोल्न र संगठन गर्न पाउने अधिकार रहेकाले समर्थन गरेको जनाएको छ ।

राष्ट्र विखण्डन एवं घृणाको अभिव्यक्ति फैलाइरहेका राउतलाई एम्नेस्टीले समर्थन गरेको विरोधमा नेपाल शाखाका ९ पदाधिकारीले राजिनामा दिएपछि एम्नेस्टीले वक्तव्य जारी गरेको हो ।वक्तव्यमा भनेको छ-‘सिके राउत र उनका समर्थकहरुको सम्बन्धमा एम्नेस्टी इन्टरनेसनलले नेपाल सरकारसँग अभिव्यक्ति स्वतन्त्रता, संगठित हुने स्वतन्त्रता र स्वेच्छाचारी गिरफ्तारी एवं थुना हुन नहुने आहृवान गरेको हो ।’