महिला विश्वकप फुटबल प्रतियोगितामा नर्वे र जमर्नी विजयी

असार १, काठमाडौँ – महिला विश्वकप फुटबल प्रतियोगितामा नर्वे र जमर्नी विजयी भएका छन् । प्रतियोगितामा नर्वेले आइभरिकोष्टलाई ३–१ गोल अन्तरले पराजित गर्यो ।

जितसँगै समुह बि मा रहेको नर्वे ३ खेलमा ७ अंक जोड्दै तालिकाको दोश्रो स्थानमा रहेको छ । तीनै खेलमा पराजित भएको आइभरीकोष्टले भने खाता खोल्न सकेको छैन र तालिकाको पुछारमा रहेको छ । त्यस्तै सोमबारराती नै भएको खेलमा जर्मनीले एसियाली राष्ट्र थाइल्याण्डलाई ४–० ले पराजित गर्यो ।
खेलेका तीनमध्ये २ खेलमा जित र १ खेल बराबरी खेल्दै ७ अंक जोडेको जर्मनी नर्वेलाई गोल अन्तरले पछि पार्दै समुह बिको शीर्ष स्थानमा रहेको छ । थाइल्याण्ड भने ३ अंकका साथ तेश्रो स्थानमा रहेको छ ।