चौतर्फि दबाब दिए पछि निजि विद्यालयले आधा शुल्क मिनाहा गर्ने

जेष्ठ ३१ , कठमाण्डौ – एक महिनाको शिक्षण शुल्क मिनाहाको माग गर्दै विद्यार्थी संगठनहरुले चरणबद्ध आन्दोलनको घोषणा अनुसर आज प्रधानमन्त्रि कोईरालालाई ध्यानाकषर्ण पत्र बुझाउँदै छन् । धुकम्पका कारण बैशाख महिनामा कक्षा सञ्चालन नगरिएको भन्दै विद्यार्थि तथा अविभाबकलाई समस्या नबनाउँन शुल्क मिनाहाको माग गर्दै विधार्थि संगठनले विभिन्न चरणको आन्दोलनका कार्याक्रम घोषणा गरेका छन् ।

नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनले संयुक्त पत्रकार सम्मेलन मार्फत शैक्षिक हड्तालको समेत घोषणा गरेका हुन् । विद्यार्थी संगठनहरुले भूकम्पपछि पठन पाठन नभएको एक महिनाको अवधिको शुल्क नलिन निजी शिक्षण संस्थालाई आग्रह गर्दै आएका छन् ।
आन्दोलनको चरणबद्ध कार्यक्रम घोषणा गरेका विद्यार्थी संगठनहरुले माग पूरा नभए शैक्षिक हड्ताल गर्ने चेतावनी दिएका छन् ।
यता निजि विद्यालयले भने एक महिना नभएर १५ दिनको शुल्क मात्र मिनाहा गर्न सकिने बताएका छन् । कर्मचारी तथा शिक्षकलाई तलब दिनु पर्ने भन्दै शुल्कमिनाहा गर्न नसक्ने बताउँदै आएका विद्यालयले आज पुन छलफल गरी निर्णय गर्ने जनाएका छन् ।