एन्फाका कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको करेन्ट लागेर निधन

जेष्ठ ३०, कठमाण्डौ – अखिल नेपाल फुटबल संघ एन्फाका कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको करेन्ट लागेर निधन भएको छ । राती भैंसेपाटीस्थिति निवासमा श्रेष्ठलाई करेन्ट लागेको थियो ।

करेन्ट लागे लगत्तै परिवारका सदस्यले उपचारका लागि जाउलाखेलमा रहेको अल्का अस्पताल लगेपनि चिकित्सकले मृत घोषणा गरेका थिए । हिजो मात्र सरेको नयाँ घरमा विजुलीको लाइन मिलाउने क्रममा श्रेष्ठलाई करेन्ट लागेको थियो । श्रेष्ठको आजै अनत्यष्टि गरिने भएको छ ।
सार्वजनिक लेखा समितिले एन्फाका अध्यक्ष गणेश थापालाई निलम्बिन गरी अनियमितता छानबिन गर्न भनेपछि थापाको सट्टा श्रेष्ठ कार्यवाहक अध्यक्ष हुनुभएको थियो । थ्रीस्टार क्लवका अध्यक्षसमेत रहेका श्रेष्ठ राम्रो फुटबल प्रशासक हुनुहुन्थ्यो । श्रेष्ठका श्रीमती, छोरा र छोरी छन् ।