दोलखा केन्द्रबिन्दु भएर ५ दशमलव २ रेक्टर स्केलको परकम्प

जेष्ठ ३०, कठमाण्डौ – दोलखा केन्द्रबिन्दु भएर ५ दशमलव २ रेक्टर स्केलको परकम्प गएको छ । अहिले बिहान ७ बजेर ३ मिनेट जाँदा परकम्पन  गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो हिजो बिहान १० बजेर १९ मिनेटमा दोलखा केन्द्र विन्दु भएर गएको परकम्पपछिको ४ रेक्टरमाथिको अहिलेसम्मको एक मात्र परकम्प हो । वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बिन्दु भएर भूकम्प गएपछि यो सहित अहिलेसम्म ४ रेक्टरमाथिका ३ सय १४ वटा परकम्प गएको केन्द्रले जनाएको छ ।
ठूलो भूकम्पपछि साना पराकम्पन आउँनु स्वभाविक भएको केन्द्रले जनाएको छ ।