१६ बुँदे सहमती प्रति आपति जनाउँदै ज्ञापन पत्र बुझाउँदै

जेष्ठ ३०, कठमाण्डौ – संविधानका विवादी विषयमा प्रमुख ४ दलले गरेको १६ बुँदे सहमती प्रति आपति जनाउँदै असन्तुष्ट मधेसि तथा जनजाती दलका शिर्ष नेताहरुले आज ज्ञापन पत्र बुझाउँदै छन् ।

अहिले विहान ९ बजे राष्ट्रपति रामबरण यादबलाई ज्ञापन पत्र बुझाईने असन्तुष्ट दलको तयारी रहेको छ । दलहरुेले ज्ञापन पत्रमा उल्यख गरिने बुँदाका लागी हिजो साँझ गोप्य बैठक बसेको जनाईएको छ । असन्तुष्ट दलहरुले १६ बुँदे समझदारी गैरसैवैधानकि बाटोबाट संविधान जारी गर्न खोजियको भन्दै ध्यानाकर्षण गराउँने जनाएका छन् । असन्तुष्ट पाँचदलले संविधान सभाको हिजोको बैठक बहिस्कार गरेका थिए ।
यता संविधानसभाले भने संवैधानिक संबाद तथा सहमति समितिको प्रतिवेदन मस्यौदा समितिमा पठाएको छ । संविधानसभामा पेश भएको प्रतिवेदनमाथि सवैजसो दलले धारणा राखेपछि संविधानसभाको बहुमतले प्रतिवेदन पारित गर्दै मस्यौदा समितिमा पठाउने निर्णय गरेको छ ।
मस्यौदा समितिलाई संविधानको प्रारम्भिक मस्यौदा तयार पार्न १५ दिनको समय दिइएको छ । मस्यौदा समितिले भोलीबाट प्रारम्भिक मस्यौदा सुरु गर्ने जनाएको छ ।