महिला विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत गए राती भएको खेलमा चीन विजयी

जेष्ठ २९, कठमाण्डौ – क्यानडामा जारी महिला विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत गए राती भएको खेलमा चीन विजयी भएको छ । प्रतियोगिता अन्तर्गत पहिलो चरणको दोश्रो खेलमा चीनले नेदरल्याण्डलाई १–० ले पराजित गर्यो ।

चीनको जितमा दोश्रो हाफको इन्जुरी समयमा वाङ लिसीले एक मात्र निर्णाएक गोल गरिन । जितसँगै चीनको दोश्रो चरणको संभावना कायमै रहेको छ । यसअघि चीन आयोजक क्यानडासँग १–० ले नै पराजित भएको थियो । यस्तै गए राती नै भएको खेलमा जर्मनी र नर्वेले १–१ गोलको बराबरी खेलेका छन् । खेल सुरु भएको छैटौं मिनेटमा नै मिटाजको गोल मार्फत जर्मनीले अग्रता लिएको थियो । तर नर्वेकी जेल्डेले ६१ औ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएकी थिइन् ।
त्यसपछि कुनै टोलीबाट गोल हुन सकेन र खेल बराबरीमा सकियो । यसअघिको खेलमा जर्मनीले आइभरी कोष्टलाई १०–० को फराकिलो अन्तरले पराजित गरेको थियो भने नर्वेले थाइल्याण्डलाई ४–० ले पराजित गरेको थियो ।