गए राती दुई वटा पराकम्पनको महसुस

जेष्ठ २९, कठमाण्डौ – गए राती दुई वटा पराकम्पनको महसुस गरिएको छ । राती १ बजेर २२ मिनेटमा गोरखा केन्द्रविन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

त्यसअघि ९ बजेर ५७ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको पराकम्प गएको थियो । केन्द्रका अनुसार ठूलो भूकम्पपछि साना पराकम्पन आउनु स्वभाविक हो ।