संविधान सभाको बैठक आज बस्दै , प्रतिबेदन माथि छलफल सुरु

जेष्ठ २९, कठमाण्डौ – सवैधानिक– राजनीतिक सम्वाद तथा सहमति समितिले पेस गरेको संविधानका विवादित विषयकोे सहमतीय प्रतिवेदन माथि आजबाट संविधान सभामा छलफल हुँदैछ । सम्वाद समितिका सभापति डा बाबुराम भट्टराईले पेस गर्नुभएको प्रतिवेदन माथि आजबाट छलफल हुने भएको हो । संविधान सभाले आज ३ बजे बस्ने बैठमा उक्त प्रस्तवमा छलफल गरी सुझाब र निर्देशन सहित संविधान मस्यौदा समितीमा पठाउँने भएको छ ।

संविधान लेखनलाई द्रुतगतिमा अघि बढाउन प्रमुख राजनीतिक दलहरुबीच राज्यपुनःसंरचना, शासकीयस्वरुप, निर्वाचन प्रणाली र न्यायप्रणालीलगायत विवादित विषयमा यही जेठ २५ गते सहमति भएपछि संविधान निर्माणको बाटो खुलेको हो । दलहरुको सहमती पछि थप सहमतीका लागी सहमतीय र विवादीत विषय सम्वाद समितीमा पठाईएको थियो । संवाद समिति अन्तर्गत् गठन गरिएको उपसमितिले विवादित विषयहरुमा सहमति जुटाएर प्रतिवेदन तयार पारेको होे । उपसमितिमा दलहरुबीच बहुलवाद, संविधान संशोधन, संक्रमणकालीन व्यवस्थाबारे सहमति जुट्न नसक्दा बैठक लम्बिए पछि संविधान सभाको हिजोको बैठक अबेर राति बसेको थियो ।
विधानका अन्तर्वस्तुमा प्रमुख चार दलबीच भएको १६ बुँदे सहमतिप्रति १८ वटा राजनीतिक दलले फरक मत राखेका छन् । तराई मधेस लोकतान्त्रिक पार्टी, मधेसी जनअधिकार फोरम नेपाल, सद्भावना पार्टी र तराई मधेस सद्भावना पार्टीले संयुक्तरुपमा तथा अन्य पार्टीले अलग अलग रुपमा फरक मत राखेका हुन् । संवाद समितिको प्रतिवेदन माथि स्वयम एमाओवादीको पनि फरक मत रहेको छ ।