भुकम्पको पराकम्पन महसुस कम हुँदै गए पनि अझै आउने क्रम जारि

जेष्ठ २८,कठमाण्डौ- भुकम्पको पराकम्पन महसुस कम हुँदै गए पनि पुर्ण रुपमा बन्द भने भएको छैन । गए राती भूकम्पको एउटा पराकम्पको महसुस गरिएको छ । राती १२ बजेर २६ मिनेटमा दोलखा केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसअघि हिजो भूकम्पको दुई वटा पराकम्पन गएको थियो ।
यसैविच गत वैशाख १२ र २९ गते आएको विनाशकारी भूकम्पमा परी हाल सम्म ८ हजार ७ सय ८१ जनाको मृत्यु भएको छ भने २२ हजार ३ सय ३ जना घाइते भएका छन् ।
भूकम्पबाट ज्यान गुमाउनेमा उपत्यकामा एक हजार ७३२, पूर्व क्षेत्रमा ५८, मध्य क्षेत्रमा छ हजार ५२८, पश्चिम क्षेत्रमा ४६१ र मध्य पश्चिम क्षेत्रमा दुई जना रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै घाइते हुनेमा उपत्यकामा १३ हजार १०२, पूर्व क्षेत्रमा ४५२, मध्य क्षेत्रमा सात हजार ४७०, पश्चिम क्षेत्रमा एक हजार २४१, मध्य पश्चिम क्षेत्रमा ३६ जना र सुदूरपश्चिम क्षेत्रमा दुई छन् । घाइतेमध्ये चार हजार ४०२ जना विभिन्न अस्पतालमा उपचाररत छन् । त्रिवि शिक्षण अस्पतालमा रहेको १५ शवको सनाखत हुन सकेको छैन ।