धादिङमा चट्टयाङ लागेर एकको मृत्यु

जेष्ठ २८, धादिङ — चट्टयाङ लागेर धादिङको नलाङ गाँउ विकास समिति ६ नयाँबस्तीकी ५५ वर्षीया सुन्तली नेपालीको मृत्यु भएको छ । घरको आगंनमा बसेको बेला परेको चट्टयाङबाट हिजो साँझ उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चट्टयाङ र हावाहुरीबाट अन्य चार जना स्थानीय घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल धादिङबेसीमा उपचार भईरहेको छ ।