भारतीय नक्कली नोटसहित एकजना पक्राउ

जेठ २५,नेपालगन्ज –  प्रहरीको क्षेत्रीय अनुसन्धान ब्यूरो टोलीले नेपालगन्ज उपमहानगरपालिका—२५ सुर्जिगाउँका सुभाष भण्डारीलाई नक्कली भारतीय रुपैयाँसहित पक्राउ गरेको छ ।

ब्यूरो प्रमुख अशोकसिंह ठकुरीका अनुसार आरोपीबाट प्रहरी टोलीले रु एक हजारको ४२ थान र रु ५०० को २१६ थान गरी रु एक लाख ५० हजार नक्कली भारतीय रुपैयाँ बरामद गरेको हो । नक्कली भारतीय नोटको कारोबारमा तीन भारतीय नागरिक र एकजना नेपालगन्ज—१७ निवासी राजु कबडिया पनि संलग्न रहेको तर उनीहरु फरार रहेको जनाइएको छ ।
प्रहरीले सो घटनाका सम्बन्धमा थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ भने पक्राउ आरोपीमाथि खोटा चलनअन्तर्गत मुद्दा दर्ता गर्ने भएको छ ।