बार्सिलोनाले जित्यो च्याम्पियन्स लिग

जेठ २४, काठमाडौं – च्याम्पियन्स लिग फुटबल प्रतियोगिता २०१४/१५ को उपाधी स्पेनिस च्याम्पियन बार्सिलोनाले जितेको छ । प्रतियोगिता अन्तर्गत शनिबार राती भएको खेलमा युभेन्टसलाई ३–१ ले हराउँदै बार्सिलोनाले पाँचौ पटक च्याम्पियन्स लिगको उपाधी रक्षा गरेको हो ।

प्रतिस्पर्धात्मक भएको खेलमा निकै उत्कृष्ट खेल प्रदर्शन गरेको इटालिनयन च्याम्पियन युभेन्टसलाई बार्सिलोना विरुद्ध नेइमार, लुइस सुआरेज र लियोनेल मेसीको प्रदर्शनका अगाडि केही लागेन । १२ वर्षपछि च्याम्पियन्स लिगको उपाधी जित्ने लक्ष्यका साथ मैदान उत्रेको युभेन्टसको सपना अधुरै रह्यो । यस सिजन इटालियन सिरिए र इटालियन कोपा डेल रे को समेत उपाधी जितेर निकै फर्ममा रहेको युभेन्टस उपविजेतामै सीमित भयो ।

खेलकोे ४ मिनेटमै इवान रेकिटिकले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमो १–० ले पछि परेको युभेन्टसका लागि दोश्रो हाफको १० औ मिनेटमा अल्भारो मोराटाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

दोश्रो हाफको २३ औं मिनेटमा लुइस सोरेज र अन्तिम मिनेटमा नेइमरले गोल गरेपछि बार्सिलोनाले सहज जित निकाल्यो ।