प्रमुख राजनीतिक दलहरुविच संविधानका विवादीत विषयमा छलफल आज पनि जारी

जेष्ठ,२४ काठमाण्डौ—प्रमुख राजनीतिक दलहरुविच संविधानका विवादीत विषयमा छलफल आज पनि जारी राख्ने भएका छन् । प्रमुख ४दलले विभिन्न तहमा मुख्य विवादीत विषय संघियतालाई छलफलमा केन्द्रित गर्ने भएका हुन् । अन्य विषयमा मोटामोटिरुपमा सहमती नजिक पुगको भए पनि संघियताको विषयमा दलहरुविच कु्रा मिल्न सकेको छैन । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले संविधानका विवादित विषयमा मुख्य प्रतिपक्षी एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चामा आबद्ध दलहरुसँग छलफल गरेका छन् ।
कांग्रेस र एमालेल हिजो प्रधानमन्त्री निवास बालुवाटारमा ३० दलीय मोर्चामा आबद्ध दलसँग प्रदेशको संख्या र सीमांकन तथा निर्वाचन प्रणालीका विषयमा छलफल गरेका हुन् । छलफलमा सहभागी नेताहरुले प्रमुख चार दलबीच संविधानका विवादित विषयमा पछिल्ला केही दिनयता भएका छलफललाई सकारात्मक भन्दै आफूहरु सहमतिका आधारमा संविधान निर्माण होस् भन्ने पक्षमा रहेको बताए ।
उनीहरुले प्रदेशको संख्या र सीमांकन तथा निर्वाचन प्रणालीको विषयमा निर्णय गर्दा आफूहरुका सुझावलाई पनि महत्व दिन आग्रह गरेको छलफलमा सहभागी सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
संघीयता अन्तर्गत ६ र ८ प्रदेशको विकल्पमाथि छलफल भैरहेको तर सहमति हुन बाँकी रहेको जानकारी गराउँदै सबैको सुझावका आधारमा निर्णय गर्ने नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी दिनुभयो ।  संविधानका अन्तर्वस्तुमा रहेको विवाद जेठ २५ गतेभित्र टुंग्याएर संविधान निर्माणको प्रक्रिया अगाडि बढाउने समझदारी भएको थियो