बाँदरमुढे घटनाको भएको आज १० बर्ष :पिडितको घाउमा अझै मलम लागेन

जेठ २३, काठमाडौँ – बाँदरमुढे घटना भएको आज १० वर्ष पुरा भएको छ । चितवनको माडीस्थित कल्याणपुर गाविसमा पर्ने बाँदरमुढे खोलामा तत्कालिन विद्रोही नेकपा माओवादीले थापेको धरापमा परि ३८ जनाले ज्यान गुमाएका थिए भने ७२ जना घाइते भएका थिए । गाइते मध्ये पनि ३ जनाको पछि ज्यान गएको थियो यसरि यो घटनामा मृत्यु हुनेको संख्या ४१ पुगेको थियो |

युद्दको नियम बिपरित यसरि सर्बसाधारणको ज्यान जयन गरि धराप थपिएको प्रति प्रचन्डले माफी मागे तर यस्तो काम गर्ने उनका कार्यकर्तालाई शीले सम्म कुनै करावाही भएको छैन भने पिडित उचित न्याय समेत पाएका छैनन् | न्यायको सट्टा पैसामा मानबियता किन्न खोजेको आरोप अहिले दोषी माथि उठिरहेको छ |तर घटनाको जिम्मा लिएको माओबादी अहिले सम्म यस घटनामा मौन देखिन्छ |

माडीको अयोध्यापुरी गाविसको बगईबाट भरतपुरका लागि छुटेको ना १ ख ३२४५ नम्बरको बस २०६२ साल जेठ २३ गते विहान पौने ८ बजे बाँदरमुढे खोलामा विद्युतीय धरापमा पर्दा ३८ जनाको ज्यान गएको थियो भने ७२ जना घाइते भएका थिए ।

घटना भएको बर्षौ बितिसक्दा पनि आफुहरुले उचित राहत र न्याय नपाएको पीडितहरुले गुनासो गर्दै आएका छन् । पीडितहरुलाई एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचडडले ६० लाख रुपैयाँ राहतको घोषणा गरे पनि पिडितहरुले मानविय संबेदनालाई पैसासंग जोडेको भन्दै प्रचण्डले घोषणा गरेको राहतको प्याकेज बहिष्कार गरेका थिए |

पीडितले हामीलाई राहत हैन घटनाको दोषीलाई कारवाही गर भन्दै बर्षौ देखि आवाज उठाउदै आएका छन तर उनीहरुको त्यो आवाज कसैले सुनेको छैन |घटनाका कतिपय घाइतेहरु अहिले पनि वैशाखीको सहारा लिन बाध्य छन् । बाँदरमुढे घटनालाई वर्षौसम्म जीवन्त बनाई राख्नमा स्वयं माओवादीका नेता तथा कार्यकर्ताका बोली–व्यवहार नै जिम्मेवार रहेको स्थानीयको आरोप छ । बसको छतभरि बर्दीधारीको ठाउँमा सर्वसाधारण आएको देख्दादेख्दै पनि धरापलाई विस्फोट गराउने कार्यकर्तालाई सार्वजनिक अनि कारबाही नगरेसम्म माओवादी यो घटनाको विरुद्धमा छ भन्ने कुराको पुष्टि हुन नसक्ने उनीहरुको भनाई छ ।

बिद्रोह गर्न हिडेको समुहले कसको लागि बिद्रोह गर्न लागेको भनि छुट्याउन नसक्नु उनीहरुको कमजोरी भएको भन्दै सर्बसाधारण जनताको अधिकार दिलाउने नाममा साधारण मानिसलाई नै पिडित बनाएको उनीहरुको गुनासो छ |द्वन्द कालको मुद्दा अहिले ब्युताउन नहुने भन्दै माओबादी भनिरहेको छ |तर युद्दको नियम बिपरित गरिएको यस्ता सयौ घटना छन |यस्ता घटनाको छानबिन गरि दोषीलाई कारवाही र पिडितलाई न्याय दिनु राज्यको दायित्व हो तर यस्ता घटनामा सबै मौन देखिन्छन |