घानाको राजधानी आक्रामा रहेको पेट्रोल पम्पमा आगो लाग्दा ज्यान गुमाउनेको संख्या १५०

जेठ २२, काठमाडौँ – घानाको राजधानी आक्रामा रहेको पेट्रोल पम्पमा आगो लाग्दा ज्यान गुमाउनेको संख्या १५० पुगेको छ । आगो नजिकैको आवासीय स्थलबाट फैलिएको अनुमान गरिएको छ । अहिले त्यहाँका धेरैजना घरबार बिहीन भएका छन् ।

घटनापछि राष्ट्रपति जोन दरमानी महामाले ३ दिनको राष्ट्रिय शोक घोषणा गर्नुभएको छ । राष्ट्रपतिले यो निकै ठूलो दुर्घटना भएको र यति धेरैले ज्यान गुमाउका यसअघि कहिल्यै नभएको बताउनुभएको विविसीले जनाएको छ । राष्ट्रपतिले घटनाबारे बोल्न आफूसँग शब्द नै नभएको बताउनुभएको छ । भीषण वर्षा र बाढीका कारण त्यहाँका विद्युत आपूर्ति केन्द्रहरु डुबानमा परेकाले विद्युत आपूर्ति ठप्प छ ।