एभिन्युज टेलिभिजनको समाचार कक्षमा आगलागी

जेठ २२, काठमाडौँ – एभिन्युज टेलिभिजनको समाचार कक्षमा आज बिहान आगलागी भएको छ । हाई भोल्टेजका कारण आगलागी भएको टेलिभिजनले जनाएको छ ।

आगलागीबाट समाचार कक्षमा रहेका कम्प्युटरलगायतका सामग्रीमा क्षति पुगेको छ । आगलागीबाट लाखौंको क्षति भएको टेलिभिजनले जनाएको छ ।
समाचार कक्षमा लागेको आगोलाई टेलिभिजनका कर्मचारीले नियन्त्रणमा लिएका छन् ।