बेबारिसे अवस्थामा १४ ओटा सकेट बम

जेठ २२, कास्की – कास्कीको लेखनाथ नगरपालिका वडा नम्बर–१ स्थित सिद्धिविनायकमा बेबारिसे अवस्थामा १४ ओटा सकेट बम फेला परेको छ ।

आज बिहान फेला परेको सकेट बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गर्दै गरेको जनाइएको छ । फेला परेका सकेट बम द्धन्द्धकालको समयमा लुकाएर राखेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।