प्रमुख दलहरुको बैठक आज पनि सुरु

जेठ २२, काठमाडौँ – संविधानका विवादित विषयमा सहमति खोज्न प्रमुख दलहरुको बैठक आज पनि सुरु भएको छ । विवादित संघियताको संख्या, नाम र सीमालाई टुङगो लगाउन प्रमुख दलका शीर्ष नेताहरु सहितको बैठक सुरु भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी,र मधेसी मोर्चाले विवादीत सम्पुर्ण विषयमा छलफल गर्ने भएका छन् । अहिले सम्मको छलफलमा प्रमुख दलहरु प्रदेशको संख्या ६ बनाउँने भन्ने विषयमा केन्द्रित भएका छन् भने विकल्पमा ८प्रदेशको कुरालाईपनि अघि सारेका छन् ।

संघियताको संख्यामा सहमति गरेर नाम संघहरुलाई र सीमा विज्ञसहितको आयोगलाई जिम्मा लगाउने विकल्पमा यस अघि पनि छलफल भएको छ । प्रमुख दलहरुले संविधानको विवादित विषयमा थप छलफल गर्न समय माग गर्दै संविधानसभाको बैठक समेत स्थगत गर्न लागाएका छन् । दलहरुको आग्रहपछि संविधानसभाको बैठक आगामी सोमबार दिउँसो ३ बजेको लागि बोलाइएको छ ।
संबिधानसभाका सभामुख सुबासचन्द्र नेम्वाङलले शीर्ष दलहरुलाई सहमतिको लागि आगामि सोमबारसम्मको समय सिमा दिनु भएको छ ।