एसएलसीको नतिजा असार दोश्रो साताभित्र

जेठ २१, काठमाडौँ – परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको नतिजा असार दोश्रो साताभित्र सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रक विष्णु बहादुर द्वारेले सरकारले तोकेको समय भित्र परीक्षाफल प्रकाशित गर्ने बताउनुभयो । उहाँले उत्तर पुस्तिकाको परीक्षण कार्य सकिएको समेत जानकारी दिनुभयो ।

परीक्षा नियन्त्रक द्वारेका अनुसार परीक्षा नियन्त्रण कार्यालयमा परीक्षाफलका लागि गोप्य कार्य तीब्र रुपमा भइरहेको छ । गत चैत्रमा सञ्चालन भएको एसएलसी परीक्षामा ५ लाख ७४ हजार ६ सय ८५ परीक्षार्थी सहभागि थिए ।