नयाँ फिफा बरियतामा नेपाल २ स्थान तल

जेठ २१, काठमाडौँ – फुटबलको उच्च निकाय फिफाको पछिल्लो बरियतामा नेपाल २ स्थान तल झरेको छ । फिफाले आज सार्बजनिक गरेको नयाँ बरियता अनुसार नेपाल १८३ औ स्थानमा छ । बरियताको शिर्ष स्थानमा जर्मनी छ भने बेल्जियम दोस्रो स्थानमा उक्लेको छ । अर्जेन्टिना एक स्थान तल झर्दै तेस्रो स्थानमा पुगेको छ भने कोलम्बिया र ब्राजिल आफ्नो पुरानै स्थानमा क्रमश: चौथो र पाचौमा छन् ।

नेपालको छिमेकि मुलुक भारत भने ६ स्थान माथि उक्लदै १४१ औ स्थानमा पुगेको छ र यो संगै भारत दक्षिण एसियामा शिर्ष स्थानमा पुग्न सफल भएको छ । उसअघि शिर्ष स्थानमा रहेको अफगानिस्तान भने १६ स्थान तल झर्दै १५१ औ स्थानमा पुगेको छ । भुटान ४ स्थान माथि उक्लदै १५९ औ स्थानमा पुगेको छ भने बंगलादेश र पाकिस्तान पनि समान ३-३ स्थान माथि उक्लेका छन् । सो संगै बंगलादेश अ६६ औ स्थानमा पुगेको छ पाकिस्तान १७० औ स्थानमा छ ।

माल्दिभ्स भने ३८ स्थान तल झर्दै १७८ स्थानमा पुगेको छ । दक्षिण एसियामा श्रीलंका मात्र नेपाल भन्दा तल छ, जो अहिले २ स्थान माथि उक्लन सफल भई १८६ औ स्थानमा छ ।