कोटेश्वरको जुवाखालबाट ८ जनालाई च्याप्प

जेठ २१, काठमाडौँ – काठमाडौँ महानगरपालिका–३५ कोटेश्वरस्थित जित बहादुर बुढाथोकीले संचालन गरेको सिभिल खाजा घरमा जुवा तास खेलीरहेको अबस्थामा ८ जनालाई पक्राउ गरिएको छ ।

महानगरीय प्रहरी बृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले बुधबार उनीहरुलाई नगद १ लाख ४० हजार ६ सय २६ रुपैयाँ, भारतीय २७ हजार ७ सय ७० रुपैयाँ र तास २ बुक सहित पक्राउ गरेको हो ।