पराकम्प कम हुँदै

जेठ १९,काठमाडौ- भूकम्पले दिएको चोट अझै पनि कम हुन नसके पनि बैशाख १२ पछिको लगातार आएका पराकम्प भने कम हुँदै गएको छ । दैनिक एउटा मात्र भएपनि गइरहेको पराकम्प हिजो बिहान ४ बजेर ३५ मिनेटपछि अहिलेसम्म गएको छैन । हिजा बिहान ४ बजेर ३५ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको पराकम्प गएको थियो ।

त्यसअघि अस्ति दिउँसो १ बजेर ५४ मिनेटमा लमजुङ् केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको पराकम्प गएको थियो । त्यसअघि शनिबार ३ वटा पराकम्पन गएकोमा शुक्रबार ५ वटा गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
पराकम्प आउने क्रम कम हुँदै गएपनि सतर्क हुन केन्द्रले आग्रह गरेको छ । केहिदिन अघिसम्म दिनमै ४–५ वटा पराकम्पन जाने गरेकामा कम हुँदै गएपछि जनजीवन सामान्य बन्दै गएको छ ।