दरबार हत्याकाण्ड भएको आज १४ वर्ष पुरा, बास्तविक्ता अझै बाहिर आउन सकेन

जेठ १९,काठमाडौ- नारायणहिटी दरबार हत्याकाण्ड भएको आज १४ वर्ष पुग्दैछ । विसं २०५८ जेठ १९ गते शुक्रबारका दिन भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नै नाश भएको थियो ।

हत्याकाण्डलगत्तै तत्कालीन सभामुख तारानाथ रानाभाटको संयोजकत्वमा गठित उच्चस्तरीय छानविन समितिले घटनामा तात्कालीन युवराज दीपेन्द्रको हात रहेको उल्लेख थियो । प्रतिवेदनको निष्कर्षमा नेपाली जनता अझै विश्वस्त हुन सकिरहेका छ्रैनन् । दरबार हत्याकाण्ड भएको १३ बर्ष बितिसक्दा पनि बास्तविक्ता अझै बाहिर आउन सकेको छैन । हत्याकाण्डपछि एकाएक सक्रिय भएका पूर्व राजा ज्ञानेन्द्रको कार्यशैलीका कारण दलहरुले २०६२ /०६३ को आन्दोलनको बलबाट राजसस्थालाई विदाई गरेका थिए ।
हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्तिको घोषणा गरिएको थियो । राजा वीरेन्द्रपछि भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा आसीन भएपनि उहाँ नै नेपालको इतिहासमा अन्तिम राजा बन्नुभयो ।