चीनमा पानीजहाज दुर्घटना,४ सय ५० यात्रु मध्ये आठको उद्धार

जेठ १९,काठमाडौ- चीनमा यात्रु बोकेको पानी जहाज दुर्घटना भएको छ । सो दुर्घटना याङ्सी नदीमा भएको हो । जहाजमा ४ सय ५० भन्दा बढी यात्रु सवार रहेका थिए ।चीनको पूर्वी शहर नान्जिङबाट दक्षिण पश्चिम शहर चोंगशिंग गइरहेको पानीजहाज हबेइ प्रान्तस्थित याङ्सी नदीमा डुबेको चिनीया अधिकारीहरुको भनाई छ ।

हाल सम्म आठ जनालाई जिउँदै उद्धार गरिएको र बाँकीको उद्धार कार्य जारी रहेको बिभिन्न संञ्चार माध्यमहरुले जनाएका छन्। तेज गतीको समुद्री आँधी र भारी बर्षाका कारण दुर्घटना भएको अनुमान लगाइएको छ ।पानी जहाजमा ४ सय १० जना यात्रु र ४७ जना चालक दलका सदस्य रहेको बताइएको छ ।