पोखरा विमानस्थलमा गोमा एयरको बिमान दुर्घटना हुनबाट जोगियो

जेठ १९,पोखरा – आज एकाविहानै एएटा विमान ठूलो दुर्घटना हुनबाट जोगिएको छ । समाचार अनुसार जोमसोमबाट पोखरा आएको गोमा एयरको विमान अवतरणका क्रममा दुर्घटना हुनबाट जोगिएको हो ।

अवतरणका क्रममा विमानको अगाडिको चक्का नखुलेको बताइएको छ । चक्का नखुलेपछि विमान धावनमार्गमा धस्सिए पनि ठूलो दुर्घटना नभएको विमानस्थलले जनाएको छ ।

जहाजको नोज ह्‍विल नखुल्दा धावनमार्गमा धस्सिएको विमानस्थलका प्रमुख दिपक बरालले बताउनुभएको छ । विमान चालक दलका सदस्यसहित १८ जना रहेको अनुमान गरिएको छ ।

विमान धावनमार्गमा धस्सिएपछि पोखरा विमानस्थल अबरुद्ध भएको छ । केही महिना पहिले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरको विमान धस्सिदा ५ दिनसम्म विमानस्थल अबरुद्ध भएको थियो ।