क्यान्सरबाट अमेरिकी उपराष्ट्रपतिका छोरा ब्युको मृत्यु

जेठ १८,काठमाडौ – अमेरिकी उपराष्ट्रपति जो बाइडेनले शनिबार आफ्ना छोरा ब्युको मस्तिष्कमा अर्बुदका कारण ४६ वर्षको उमेरमा मृत्यु भएको बताएका छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामाले उक्त घटनाले आफू तथा प्रथम महिला बाइडेन परिवार सँगै दुःखी भएको बताएका छन् । ब्यु बाइडेन वकिल थिए र उनी डेलवेर नेसनल गार्डका सदस्य तथा त्यहाँका महान्यायाधीवक्ता पनि थिए ।

उनलाई गत महिना वाल्टर रिड नेसनल मिलिटरी मेडिकल सेन्टरमा भर्ना गरिएको थियो । सन् २०१० मा उनीमा सामान्य मस्तिष्कघात देखिएको थियो । यसको तीन वर्षपछि टेक्सास क्यान्सर सेन्टरमा शल्यक्रिया भएको थियो ।

गत वर्ष उनले महान्यायाधीवक्ताका लागि तेस्रो कार्यकाल नचाहेको र सन् २०१६ मा गभर्नर पदका लागि निर्वाचनमा उम्मेदवार हुने जानकारी दिएका थिए ।