भुकम्पबाट घाइते भएकालाई थपलिया समाज नेपालले गर्यो रक्तदान

जेठ १५,काठमाडौं – बैशाख १२ गते र २९ अाएको बिनासकारी महाभुकम्प र त्यसका पराकम्पनले घाइते हुनु भएका व्यक्तिहरुलाई रगतको अभाव भईरहेको विषम परिस्थितिमा रक्तदान गर्न सङ्गीत कर्मिहरु अगि सरेका छन् । थपलिया समाज नेपालले जेष्ठ १५ गते शुक्रबार गणतन्त्र दिवसकाे उपलक्षमा भुकम्पका कारण घाइते भएका हरुको लागि भृकुटीमण्डपमा बिहान १० बजे देखि गरेको खुल्ला रक्तदान कार्यक्रममा युवापुस्ता माझ निकै लोकप्रियता कमाई रहनुभएका सङ्गीतकार राम सिटौला, रचनाकार सुरेन्द्र थपलिया (एस. टि. स्मरण), गाईका अन्जु मल्ल लगाएतले रक्तदान गरेका हुन् । रक्तदान पछि आफुलाई निकै खुसी लागेको छ, राम सिटौला भन्छन् । रक्तदान गरेपछि आफू अझ बढी स्वस्थ र फ़ुर्तिलो भएको अनुभव सुरेन्द्रको छ । उनी भन्छन् यसरी नै जीवन भरी अरु कसैको जीवन बचाउन पाउ ।

11263759_912296348830758_590741037_n

कार्यक्रममा थपलिया समाजका अध्यक्ष बिरेन्द्र थपलिया, प्रमुख अतिथि रक्तसञ्चार स्वएमसेबी नेपालका केन्द्रिय अध्यक्ष प्रेम सागर कर्माचार्य लगाएत ले बोल्नु भएको थियो । कार्यक्रममा १०० भन्दा बढी रक्तदाताहरुले रक्तदान गर्नुभएको थियो भने समाजका अध्यक्ष र प्रमुख अतिथिले रक्तदाताहरुलाई प्रमाण पत्र वितरण गर्नु भएको थियो । कार्यक्रमको संयोजन नन्दराज थपलिया ले गर्नु भएको थियो । थपलिया समाज बिसुद सामाजिक संस्था हो । यो संस्थाले भुकम्प पिडितहरुलाई विभिन्न ठाँउमा पुगेर राहत समेत वितरण गरिरहेको छ ।