भूकम्पका कारण बन्द भएका विद्यालयहरु आजबाट सञ्चालनमा

जेष्ठ १७, काठमाण्डौ—भूकम्पका कारण बन्द भएका विद्यालयहरु आजबाट सञ्चालनमा आएको छ । बैशाख १२ गते आएको विनाशकारी भूकम्पका कारण बन्द रहेको विद्यालय सञ्चालमा ल्याइए पनि अधिकांश विद्यालयमा विद्यार्थीहरुको उपस्थिति न्यून छ । बन्द विद्यालय आजबाट सञ्चालन गरिने भए पनि पठनपाठन हुन भने केही समय लाग्ने भएको छ । बालबालिकामा भूकम्पको त्रासदी कायमै रहेकाले त्यसबाट मुक्त गराउन केही दिन मनोरञ्जनात्मक तथा मनोपरामर्शका कक्षाहरु सञ्चालन गर्ने विद्यालयहरुको योजना छ ।
भूकम्पले हजारौं विद्यालय भवनहरु भत्किएका छन् । ती विद्यालयमा राखेर विद्यार्थीलाई पढाउन सक्ने अवस्था नभए पनि स्थिति सामान्य बनाउन भन्दै विद्यालय सञ्चालन गर्न लागि शिक्षा मन्त्रालयले जनाएको छ ।