रामेछापमा राजनितिक दलको बिवाद मिल्यो , जेठ १७ बाटै विद्यालय सञ्चालन हुने

जेठ १५ ,रामेछाप – रामेछाप जिल्लामा राहात वितरणको प्रक्रियामा नेपाली काँग्रेस र एनेकपा माओवादी बिच देखिएको विवाद टुङ्गिएको छ । दुई दल बिचको विवाद टुङ्गिए पछि जिल्ला दैवी प्रकोप उद्धार समितिको काम सुचारु भएको छ । यस अघि दुई दलको बिचमा विवाद हुँदा समितिको बैठक ४ दिनसम्म अवरुद्ध भएको थियो ।

राहात वितरणको प्रक्रियामा नेपाली काँग्रेस र एनेकपा माआवादीका बिचमा गाउँ स्तरमा असमझदारी बढेपछि दुई दलका स्थानीय कायकर्ताका बिचमा हातहालाहालको अवस्था भएको थियो । जिल्लाको दिमीपोखरी, चनखु लगायतका गाविसमा नेपाली काँग्रेस र एनेकपा माओवादीका कार्यकर्ताहरुका बिचमा झडप भएको थियो । सो क्रममा दुवै पार्टीका कार्यकर्ताले एकले अर्कालाई कुटपीट गरेको दुई दलको आरोप प्रत्यारोप चलेको थियो । त्यसैलाई आधार बनाएर एमाओवादीले दैविप्रकोप उद्धार समितिको बैठक वहिष्कार गरेको थियो ।

एमाओवादीले बैठक वहिष्कार गरेपछि ४ दिनसम्म समितिको बैठक बस्न नसक्दा समितिका काम प्रभावित भएका थिए । राजनितिक दलहरु बिचको विवाद बढेपछि रामेछाप पुननिर्माण स्वयम्सेवी अभियान रामेछापले दलहरुलाई एकै थलोमा राखि छलफल गराएको थियो । सो छलफल पछि जिल्ला प्रशासन कार्यालय रामेछापमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीको समन्यमा बसेको दलहका नेताहरुको बैठक सहमतिमा पुगेको थियो । दलहरु बिच यस अघि भएका क्रियाकलापको आत्माआलोचना गर्दै अघि बढ्ने सहमति भएको छ । अब दलहरु बिचको असहमति हटेको एनेकपा माओवादीका उपाध्यक्ष रामकुमरा लामाले बताउनु भयो । यो विपदको क्षणमा मिलेर अघि बढ्नुको विकल्प नरहेको काँग्रेसका जिल्ला सभापति रामचन्द्र खड्का बताउनुहुन्छ ।

विद्यालय जेठ १७ बाटै सञ्चालनमा आउने
सरकारले जेठ १७ बाट विद्यालयहरु सञ्चालन गर्ने निर्णय गरेसँगै रामेछाप जिल्लामा विद्यालय कसरी सञ्चालन गर्ने भन्ने बारेमा छलफल भएको छ । जिल्ला शिक्षा कार्यालय रामेछापसँग समन्वय गरी रामेछाप पुननिर्माण स्वयम्सेवी नागरिक अभियान रामेछापले शुक्रबार मन्थलीमा अयोजना गरेको छफल कार्यक्रममा सहभागि सरोकारवालाहरुले जहाँ जे जस्तो अवस्था छ सोही अवस्थाबाट विद्यालय सुरु गर्नु पर्नेमा सहभागिहरुले जोड दिएका छन् ।

छलफल कार्यक्रममा रामेछापका जिल्ला शिक्षा अधिकारी खुविराम अधिकारीले रामेछाप जिल्लामा रहेका कुल ४ सय ७४ विद्यालयमध्ये २ सय ७५ विद्यालयमा क्षति पुगेको जनाकारी दिनुभयो । उहाँले विद्यालयका एक हजार ९ सय २६ कक्षा कोठामा क्षति भएको बताउनु भयो । भुकम्पको कारण ५ जना विद्यार्थीको मृत्यु भएको र ९ जना घाइते भएको पनि अधिकारीले बताउनु भयो । भुकम्पको कारण २ जना शिक्षकहरु घाईत भएका छन् ।

जिशिअ अधिकारीका अनुसार भुकम्पका कारण ८५ वटा विद्यालय पूर्णरुपमा क्षति भएका छन् । संस्थागत तर्फ १६ वटा मध्ये ३ वटा विद्यालय पूर्ण रुपमा र १३ वटा विद्यालय आँसिक क्षति भएका छन् । २ सय ३० वटा विद्यालयका शौचायहरु भुकम्पको कारण क्षतिग्रस्त भएका छन् । जिल्लाका ३ सय ५६ विद्यालयमा १ हजार ३ सय ३६ ओटा कक्षा कोठा निर्माण गर्नु पर्ने अवस्था छ ।

विद्यालयको ठूलो भौतिक संरचना क्षति भएकोले तत्काल कक्षाकोठा भित्र राखेर विद्यार्थीहरुलाई पढाउ सकिने अवस्था नभए पनि खुल्ला चौर वा पाल भित्र राखेर विहान मात्र भए पनि शैक्षिक क्रियाकलाप सञ्चालनमा ल्याउनु पर्नेमा सहभागिले जोड दिएका थिए । कार्यक्रममा समाजशास्त्रि डाक्टर दिनेश प्रससाईले विद्यालयको पुननिर्माणलाई समुदायको अभियानको रुपमा अभि बढाउनु पर्नेमा जोड दिनुभयो । उहाँले बाहिरबाट भोलेण्टियर आएर विद्यालयको टहरा बनाउन नलाग्दा पनि अभिभावक सघाउन नआउनु दुःखद भएको बताउनुभयो । नेपाल शिक्षक संगठन रामेछापका अध्यक्ष नीरबहादुर कार्कीले विद्यार्थीहरुलाई बानि पार्दै एक हप्ता भित्र नियमित रुपमा पठनपाठन गर्न सकिने बताउनु भयो ।

चिकित्सक डाक्टर सुमन कर्माचार्यले अहिले बालबालिकालाई मनोसामाजिक हिसावले समेत उपचार गर्नु पर्ने अवस्था भएकोले विद्यालयको जमघट उपयुक्त थलो भएको बताउनु भयो । छलफलमा जिल्ला स्थित शिक्षकहरुका पेशागत संगठनका प्रमुख एवं प्रतिनिधि, श्रोतव्यक्ति, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, पत्रकार लगायतको सहभागिता रहेको थियो । सहभागिहरुले विद्यालय सञ्चालनमा ढिलाई भइ सकेकाले अव विद्यालय सञ्चालनमा तदारुकताका साथ अघि बढ्नु पर्ने बताएका थिए ।