भूकम्पबाट पाल्पामा भएको भौतिक संरचनाहरुको अध्ययन,करिव २३ हजार घरमा अवलोकन

जेठ १५,पाल्पा  – भूकम्पबाट पाल्पा जिल्लामा भएको भौतिक संरचनाहरुको अध्ययन अवलोकन गरि बर्गिकरण गरिएको छ | पाल्पामा क्षती भएका भौतिक संरचनाहरुको राष्ट्रिय मानवअधिकार सरोकार पाल्पाको सक्रियतामा लुम्बिनी इन्जिनियरिंग कलेज भलावाडी रुपन्देहीको प्राबिधिक सहयोग र जिल्ला दैवी प्रकोप उद्धार समिति पाल्पाको समन्वयमा अध्ययन अवलोकन गरिएको हो |

शहरी विकास तथा भवन डिभिजन कार्यालय पाल्पाको संयोजकत्वोमाजिल्लाको २२ गाउँ बिकास समिति र २ नगरपालिकामा रहेका क्षती भएका व्यक्तिगत घर, सरकारी कार्यालय र विधालय भवनहरुको प्राबिधिकहरुले अध्ययन अवलोकन गरि रातो, पहेलो, निलो र हरियो गरि वर्गीकरण गरेका छन् | जेठ ६ गते देखि १० गते सम्म कलेजका इन्जिनियरहरुजिल्लाका इन्जिनियरहरुले गाउँ गाउँमा पुगी क्षतिभएकासंरचनाको नाप जाच गरेका थिए | जिल्लामा खटिएका प्राविधिकहरुलाई मानवअधिकार सरोकार केन्द्रले टिकाखाँदा ओढाएर बिदाई समेत गरेको छ |

प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्की र सरोकार केन्द्रका अध्यक्ष दिवाकर पाण्डेले संयुक्त रुपमा प्राबिधिकहरुलाई विदाई गरेका हुन् | विदाई समारोहमा प्राविधिकहरुले ५ दिन सम्म गरेको कामको जानकारी गराउदै सरोकार केन्द्रका अध्यक्ष पाण्डेले करिब २३ हजार घरहरुको अवलोकन गरि ६ सय ३० वटा घरमा रातो स्टिकर, २हजार १ सय ५६ वटा घरमा पहेलो स्टिकर र ३ हजार ५ सय ९४ वटा घरमा हरियो स्टिकर लगाएको बताए | बिदाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कार्कीले राज्यको जनशक्ति अभाव भएको अवस्थामा निजि क्षेत्रकाप्राविधिकहरुले गरेको कामले जनतालाई मानसिक रुपमा राहत मिलेको बताए | दैवी विपत्तिको समयमा एक पक्षले अर्को पक्षलाई गर्ने सहयोग नै मानव धर्म भएको कलेज र मानवअधिकार सरोकार केन्द्रले गरेको कामको जिल्ला दैवी प्रकोप उद्धार समितिले प्रशंसा गरेको प्रजिअकार्कीले बताए |

कार्यक्रममा कलेजका प्रिन्सिपल लेखनाथ पाण्डेले आफ्ना बिध्यार्थीहरु धादिंगमासमेत गएर काम गरेको र छिमेकी जिल्लामा परेको बिपत्तिमा पनि सहयोग गरौ भनेर पाल्पामा आएको बताए | केहि सिनियर प्राबिधिकहरु अझै पनि पाल्पामा बसेर काम गरिरहेको उनले बताए | शहरी बिकास तथा भवन डिभिजन कार्यालय पाल्पाका प्रमुख प्रकाश अर्यालले, प्रहरी नायब उपरीक्षक सुमन कुमार तिमल्सिनालेप्राविधिकहरुले घर घरमा पुगेर भरेर ल्याएको फारमले गाविस तथा नगरपालिकाको घरहरुको अवस्था बारे जानकारी आउने र आगामी दिनहरुमा योजना तथा नीति निर्माण गर्न सहज हुने बताए | फिल्डमा खटिएका कलेजका प्राविधिक दिपेश घिमिरे काम गर्दा विभिन्न पक्षबाट दबाब आउदा कठिन भएको बताए | मानवअधिकार सरोकार केन्द्रका अध्यक्ष दिवाकर पाण्डेको सभापतित्वमाभएकोकार्यक्रमको संचालन सचिव विजया पन्तले गरेकी थिइन |