पश्चिम तराईका विभिन्न जिल्लामा अझै गर्मी बढ्ने सम्भावना

जेठ १५,काठमाडौं – पश्चिम तराईका विभिन्न जिल्लामा अझै गर्मी बढ्ने अनुमान गरिएको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार आज विशेषगरी महेन्द्रनगर, धनगढी, नेपालगञ्ज र आसपासका क्षेत्रमा गर्मी बढ्ने सम्भावना छ । गर्मी बढेसँगै त्यहाँ तातो हावा चल्ने भएकाले सचेत रहन मौसमविद्ले आग्रह गरेका छन् ।

भारतको राजस्थान मरुभूमीवाट भित्रिएको तातो हावाको प्रभाव अझै केहिदिन रहने महाशाखाले जनाएको छ । तत्कालै पानी पार्ने मौसमी प्रणालीको विकास नभएकाले अझै केहिदिन गर्मी बढ्ने महाशाखाले अनुमान गरेको छ । पूर्वबाट चल्ने मनसुनी हावा आएपछि मात्रै तापक्रम घट्ने मौसमविद् समिर श्रेष्ठले बताउनुभयो ।
आज काठमाण्डू उपत्यकासहित पूर्व, मध्य र पश्चिमी पहाडी क्षेत्रमा आशिंक बदली हुनेछ । महाशाखाका अनुसार पूर्व, मध्य र पश्चिमी पहाडी क्षेत्रका केहि ठाउँमा दिउँसोपछि मेघ गर्जनसहित क्षणिक वर्षाको संभावना छ । अरु ठाउँको मौसम भने सफा रहनेछ । यसैबीच गर्मी बढेसँगै अत्यावश्यक कामका लागि मात्र बाहिर निस्कन डाक्टरले सुझाव दिएका छन् ।
उनीहरुका अनुसार सकेसम्म बाहिरै ननिस्कने, निस्कनै परे आफ्नो शरीर छोपीने गरी लुगा लगाउने, छाता आड्ने गर्नुपर्छ । गर्मी सुरु भएपछि धरै जना बेहोस हुने र विभिन्न स्वास्थ्य समस्या हुने भएकाले सतर्क रहन डाक्टरले सुझाएका हुन् ।