आज पनि भूकम्पको पराकम्पन महसुस

जेठ १५,काठमाडौं – विनासकारी भुकम्प पछि पराकम्प जाने क्रम नरोकीदा सर्वसाधनरण सामान्य अवस्थामा फर्कन नसकी रहेको बेला आज पनि पराकम्पनको महसुस गरिएको छ । अहिले बिहान साढे ८ बजे गोरखा केन्द्रबिन्दू भएर ४ म्याग्निच्यूडको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

त्यस्तै ५ बजेर २० मिनेटमा धादिङ केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको पराकम्प गएको छ ।
यसअघि राती १२ बजेर ३७ मिनेटमा दोलखा केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको पराकम्प गएको थियो । हिजो ७ वटा पराकम्पन गएको थियो ।
बैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा ७ दशमलव ८ रेक्टर स्केलको ठूलो भूकम्प गएपछि त्यसको पराकम्पन अझै आइरहेका छन् । अहिलेसम्म ४ रेक्टर स्केलमाथिका २ सय ७० वटा पराकम्पन गइसकेको केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार ठूलो भूकम्पपछि साना पराकम्पन आउनु स्वभाविक हो र ५ दशमलव ५ रेक्टर स्केल मुनिका पराकम्पनले असर गर्दैन ।