गुगलले सम्झियो नेपालको गणतन्त्र दिवसलाई

जेठ १५,काठमाडौं – लोकप्रिय सर्च इन्जिन गुगलले नेपालको गणतन्त्र दिवसलाई सम्झिएको छ । गुगलले आफ्नो होमपेजमा नेपालको गणतन्त्र दिवससम्बन्धि डुडलको प्रयोग गरी नेपालको गणतन्त्र दिवसको सम्मान गरेको हो ।

गुगल डट कम डट एन पी खोल्दा सुरुमै देखिने होमपेजमा गुगलले ‘नेपालको गणतन्त्र दिवस’ भनेर केही बलेका मैनबत्ति र पृष्ठभूमीमा स्वयम्भू र पशुपतिनाथको मन्दिर देखाईएको छ ।

यसअघि गुगलले नेपालका भूकम्प पीडितको सहयोगका लागि भन्दै बेपत्ता भएका व्यक्तिहरुको खोजीका लागि होमपेजमै अप्सन राखेको थियो । विश्वकै ठूलो सर्च इन्जिन गुगलले नेपालको गणतन्त्र दिवसलाई डुडलको रुपमा प्रयोग गरेर सम्मान गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

गुगलको यस कार्यप्रति राष्ट्रप्रेमी नेपालीहरु खुशि भएका छन् ।

तर नेपाल सरकारले भने आजको गणतन्त्र दिवसमा कुनैपनि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ । बिहीबार बसेको बैठकले मन्त्रिपरिषद बैठकले बर्षेनी जेठ १५ गते मनाईंदै आईएको यो दिवसमा मुलुकमा प्राकृतिक विपत्ति परेको र सरकारले मितव्ययिता अपनाउने निर्णय गरेकाले त्यस्ता कार्यक्रम नगर्ने निर्णय गरेको हो ।